६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दसैँको टीकाको तेस्रो दिन पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी



काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्याएका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने क्रम जारी छ ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद लिने परम्परा छ । सोही परम्पराअनुसार आज पनि आफन्त तथा परिवारजनबीच भेटघाट गरी दसैँ मनाउने क्रम जारी रहेको छ ।

यस वर्ष बुधबार विजया दशमीको मुख्य दिन थियो। मुख्य दिन टीका लगाउन नभ्याएकाहरूले त्यसपछि पनि आफन्त तथा मान्यजनकहाँ पुगेर टीका थाप्ने गरेका छन् ।

बडादसैँको मुख्य दिन विजया दशमी भए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने चलन छ । यही परम्पराका कारण आज पनि काठमाडौंमा टीका लगाउने, लगाइदिने तथा आशीर्वाद लिने-दिने क्रम जारी छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ६ : ३९ बजे

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

दसैँको टीकाको तेस्रो दिन पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट