९ पुस २०८२, बुधबार | December 24, 2025

सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर पुनः स्थापना गरेको छ । महानगर-८ गायत्रीमार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना गरिएको हो ।

महानगर सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले विधिपूर्वक पूजा गरी गजूर स्थापना गरेका हुन । वडाध्यक्ष सङ्गतले दुईतल्ला रहेको प्यागोडाशैलीको मन्दिर रु एक करोड १५ लाखको लागतमा निर्माण गरिएको जानकारी दिए ।

उनले मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी माघभन्दा पहिले साइत नजुरेकाले गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्तिसमेत साइत मङ्गलबार स्थापना गरिएको बताए ।

गत माघ ७ गते मन्दिर पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो । त्यसअघि एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको थियो । मन्दिरको ऐतिहासिक दस्ताबेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरात्त्वविद्हरूबाट मन्दिरको रेखाङ्कन गरिएको थियो । इँटा माटो र काठबाट निर्मित मन्दिर दुईतल्लाको प्यागोडा शैलीमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ८ : २४ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका