४ आश्विन २०८३, आइतबार | September 20, 2026

सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सय वर्षभन्दा पुरानो ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर पुनः स्थापना गरेको छ । महानगर-८ गायत्रीमार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा गजूर स्थापना गरिएको हो ।

महानगर सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले विधिपूर्वक पूजा गरी गजूर स्थापना गरेका हुन । वडाध्यक्ष सङ्गतले दुईतल्ला रहेको प्यागोडाशैलीको मन्दिर रु एक करोड १५ लाखको लागतमा निर्माण गरिएको जानकारी दिए ।

उनले मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी माघभन्दा पहिले साइत नजुरेकाले गौशाला प्रहरी कार्यालयमा थन्क्याएर राखिएको मूर्तिसमेत साइत मङ्गलबार स्थापना गरिएको बताए ।

गत माघ ७ गते मन्दिर पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो । त्यसअघि एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको थियो । मन्दिरको ऐतिहासिक दस्ताबेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरात्त्वविद्हरूबाट मन्दिरको रेखाङ्कन गरिएको थियो । इँटा माटो र काठबाट निर्मित मन्दिर दुईतल्लाको प्यागोडा शैलीमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ८ : २४ बजे

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण