१ चैत्र २०८२, आइतबार | March 15, 2026

पुरोहितबाट राष्ट्रपतिले लगाए टीका



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुरोहितबाट टीका ग्रहण गरेका छन् । विजया दशमीका दिन आज उनले पुरोहितबाट टीका लगाएका हुन् ।

राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११स्५३ बजेको शुभ साइतमा टीका लगाएको राष्ट्रवतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा नै राष्ट्रपति पौडेल सहित उनका परिवारले टीका लगाएका थिए ।

त्यसपछि राष्ट्रपति पौडेलले श्रीमती सविता तथा परिवारका अन्य सदस्यहरुलाई टीका लगाइदिएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष अरु नागरिकलाई टीका लगाइदिएनन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिले टीका नलगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ५ : ०० बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन