४ आश्विन २०८३, आइतबार | September 20, 2026

नेपाली महिला टोली आज मलेसियासँग दोस्रो टी–२० खेल्दै



काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल आज (शनिबार) खेल्दैछ । पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले आजको खेलमा जित निकाल्ने लक्ष्य राखेको छ ।

मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान १०:१५ बजे सुरु हुनेछ । सोही मैदानमा बिहीबार भएको पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्दा तीन रनले हार व्यहोरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले मलेसियाविरुद्ध कुल पाँच वटा अन्तर्राष्ट्रिय खेल खेल्नेछ। बाँकी तीन खेल असोज १९, २१ र २२ गते हुनेछन् ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले सिरिज सुरु हुनुअघि मलेसियामा तयारी खेलहरू खेलेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : २० बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल