८ पुस २०८२, मंगलबार | December 23, 2025

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा गाडी चलाउन रोक



काठमाडौं । लगातारको वर्षासँगै पहिरो खस्दा धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा आज बिहान ६ बजेदेखि सवारी आवागमन रोकिएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा पहिरो खसेपछि नागढुंगा-मुग्लिन सडकखण्ड बन्द भएको छ । यद्यपि मुग्लिन-नारायणगढ सडकखण्ड भने अहिले दुईतर्फी सञ्चालनमा छ । तर ढुंगा खस्ने क्रम निरन्तर रहेकाले यात्रामा जोखिम भएकै कारण सवारी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

मुग्लिन-नारायणगढ सडकअन्तर्गत तुइन खोलामा सानो पहिरो खसेको भए पनि अहिले बाटो खुला रहेको प्रहरीले जनाएको छ । तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहान ६ बजेदेखि अस्थायी रूपमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान करिब २ बजे जवाङ खोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको थियो । स्थानीय, प्रहरी र यात्रुको सहयोगमा बाटो केही समय खुलाइएको भए पनि फेरि बिहान ६ बजे पुनः माथिबाट पहिरो खस्दा सडक दुबै तर्फ अवरुद्ध भएको हो ।

निरन्तर वर्षासँगै ढुंगा-माटो खस्ने क्रम जारी रहेकाले सडक तत्काल खोल्न सकिएको छैन । बारम्बार पहिरो खस्दा यात्रुहरूलाई ठूलो सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : २३ बजे

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप