८ पुस २०८२, मंगलबार | December 23, 2025

काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षा, कैलालीमा बढी वर्षा



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ ।

बिहानदेखि भने वर्षा बढ्न थालेको छ । लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौंमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ ।

पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन् । उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रातिमा अझ धेरै वर्षा हुने जनाइएको छ ।

हाल विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ११ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३