६ श्रावण २०८३, बुधबार | July 23, 2026

मलेसियाविरुद्ध तेस्रो खेल आज, सिरिज जित्ने लक्ष्यसहित नेपाल तयारीमा



काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको तेस्रो खेलमा आज नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । पाँच खेलको सिरिजमा हाल नेपाल र मलेसिया १-१ को बराबरीमा छन् ।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले जित्दै श्रृंखला बराबरीमा ल्याएको हो । शनिबार सम्पन्न दोस्रो खेलमा मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो ।

ओपनरहरूको सानदार प्रदर्शनसँगै नेपालले सहज जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०१ रनमा समेटिँदा तीन रनले हार मानेको थियो ।

सिरिजको बाँकी दुई खेल असोज २१ र २२ गते खेलिने छन् । कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली महिला टोलीले सिरिज जित्ने लक्ष्यसहित तयारीमा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ७ : ५४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क