८ पुस २०८२, मंगलबार | December 23, 2025

सबैको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ



काठमाडौं । ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति नभएको दाबी गरे ।

उनले वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए । वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै मन्त्री घिसिङले त्यसलाई सरकारले प्राथमिकताका साथ पुर्ननिर्माणमा लाग्ने बताए ।

‘नदी नजिकको बस्ती बगाएर अथवा सडक भत्किएर कुनै पनि क्षति भएको छैन’, उनले भने, ‘अवरुद्ध सडकहरू तत्कालै खोल्ने तयारीमा सरकार लागेको छ ।’ काठमाडौंबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए ।

उनले इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृस्टी भएको उल्लेख गर्दै जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : २५ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई