१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेन जी प्रदर्शनको क्रममा फरार कैदीबन्दी धमाधम पक्राउ पर्दै



नेपालगन्ज । जेन जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीहरुलाई बाँके प्रहरीले खोजि र पक्राउ गर्न सुरु गरेको छ । फरार कैदीबन्दीहरुलाई आफै हाजिर हुन आह्वान गरेको प्रहरीले आफै उपस्थित नभएपछि खोजि र पक्राउ गर्न थालेको हो ।

जेन जी प्रदर्शनको प्रदर्शनको मौका पारि नौबस्ता कारागारबाट भागि फरार रहेका नेपालगन्ज ९ काँकेगाउँका ज्यान मार्ने उद्योग मुद्दामा थुनुवा रहेका २६ वर्षिय हरकेश खाटिक र खजुरा ६ सिमलघारीका लागू औषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकिएका २३ वर्षिय मनोज चंदरालाई पक्राउ गरि नौबस्ता कारागारलाई बुझाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै कोहलपुर ३ मैटहवाबाट मुगु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ज्यान मार्ने उद्योग मुद्धाको प्रतिवादी जिल्ला मुगु सोरु ३ का ४५ वर्षिय डिल बहादुर धामीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

प्रहरीले लागू औषध मुद्दामा बाँके जिल्ला अदालतले ४ वर्ष १ महिना कैद र ५ हजार जरिवाना फैसला भएकी खजुरा ४ डि गाउँकी २० वर्षिया गंगा कुमारी खड्‌कालाई पनि पक्राउ गरिएको डीएसपी पतालीले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : १६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा