१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सरकारले बाढीपहिरो पीडितलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने



काठमाडौं । सरकारले बाढीपहिरोबाट घरबार गुमाएका नागरिकका लागि तत्काल राहत र अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले बाढीपहिरोका पीडितहरूलाई सहयोगका कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकले घरभत्किएका तथा घरविहीन भएका परिवारलाई स्थानीय तहको समन्वयमा पहिचान गरी तुरुन्तै अस्थायी बसोबासको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अस्थायी आवास निर्माणका लागि सरकारले प्रति परिवार ५० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यसमध्ये २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराइने छ । बाँकी २५ हजार रुपैयाँ एक तहको संरचना बनेपछि मापदण्ड अनुसार वितरण गरिने बताइएको छ ।

साथै, दीर्घकालीन रूपमा स्थायी आवास निर्माणका लागि आवश्यक योजना तयार पारिने पनि बताइएको छ।

त्यसैगरी, विपद्पछि महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै बैठकले स्वास्थ्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी जनचेतना कार्यक्रम, स्वास्थ्य शिविर र मनोसामाजिक परामर्श जस्ता गतिविधि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : २४ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ