२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बाढीपहिरो प्रभावित क्षेत्र : सतर्कता अपनाउन चिकित्सकको सुझाव



काठमाडौं । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यसै महिना परेको अतिवृष्टिसँगै नेपालका हरेक क्षेत्रमा बाढीपहिरो तथा डुबान भएर हालसम्म १११ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अर्बौं रुपियाँ बराबरको खाद्यबाली नोक्सान भएको छ । कतिपय बस्ती नै बाढीपहिरोमा परी विस्थापित हुन पुगेका छन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले बाढीपहिरो तथा डुबान प्रभावित जिल्लामा झाडापखाला, ज्वरो, कमलपित्त, टाइफाइड, जन्डिसलगायतका समस्या देखिन सक्ने जानकारी दिए । बाढीपहिरो गएको क्षेत्रमा सङ्क्रामक रोगको जोखिम भएकाले सतर्कता अपनाउन उनले सुझाव दिए ।

बाढीपहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो, रुघाखोकी, जन्डिसलगायतका समस्या देखिने भन्दै उनले धनजनको क्षतिभन्दा स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिए । खानेपानीमा दिसा मिसिएमा तथा बाढीले पानी फोहोर हुँदा रोग फैलिन सक्ने भन्दै उनले पानी उमालेर खान तथा पीयूष मिसाएर पिउन आग्रह गरे ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रको स्वास्थ्य समस्या र समाधानका लागि छलफल भइरहेको बताए । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : ४९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार