११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

दलका भातृ संगठन खारेज गर्न सुमनाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर स्वतन्त्र बसेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले दलका भातृ संगठन खारेज गर्न माग गरेकी छन् । सामाजिक सञ्जाल मार्फत उनले दलिय भातृ संगठन खारेजको माग गरेकी हुन् ।

उनले युनिफर्ममा रहेका बिद्यार्थीलाई गोली हान्दा बिद्यार्थी संगठनहरुले मतलव नगरेको पनि बताएकी छन् । युमनाले युनिफर्ममा रहेका बिद्यार्थीलाई गोली हान्दा मतलव नगर्ने बिद्यार्थी संगठनले गोली चलाउन आदेश दिने दलको प्रमुख माथि उजुरी गरे लगत्तै जाई लागेको समेत बताउकी छन् ।

‘यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई ! तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो !, उनले लेखेकी छन्, ‘यसैले दलिय भ्राति संगठन- चाहे त्यो विद्यार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ !’

उनले सम्मानित पेशालाई सम्मानित रहन देन र विद्यार्थीलाई विद्यार्थी रहन दिन पनि आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ०५ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम