१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

लिची बगान जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । पोखराको लिची बगान जग्गा घोटालासँग जोडिएको घुस डिल प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बुधबार विशेष अदालतमा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो।

गुप्ता र श्रेष्ठबाहेक अन्य पाँच जना बिचौलिया रहेको आयोगले जनाएको छ, तर उनीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

बुधबार अख्तियारको टोली उनीहरूविरुद्धको मुद्दा लिएर विशेष अदालत पुगेको थियो।

घुस डिलसम्बन्धी श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले यो घटनाको अनुसन्धान अघि बढाएको थियो। उक्त सामग्रीमा बिचौलियाले पूर्वभूमिसुधारमन्त्री तथा एमाले नेता बलराम अधिकारीको नाम समेत लिएका थिए। अधिकारीमाथिको अनुसन्धान भने अझै जारी रहेको अख्तियार स्रोतले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : २० बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा