८ चैत्र २०८२, आइतबार | March 22, 2026

जेन जी प्रदर्शनका क्रममा भागेका अधिकांस बालबन्दी फर्केनन्



नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये अझै ४५ बालबन्दी अझै फरार रहेका छन् ।

फरार भएकामध्ये ३३ जनालाई पक्राउ गरिएको नौबस्ता बाल सुधारगृह, बाँकेका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । उनले २९ जना बालबन्दी सम्पर्कमा आएको, तीन जना चितवन र एक जना काभ्रेमा पक्राउ गरिएको जानकारीदिँदै फरार भएकालाई पक्राउ गर्न अभिभावकसहित सबै संयन्त्र परिचालन भएको बताए ।

“केही अभिभावकले सम्पर्कमा छन् पनि भन्नुभएको छ तर सम्पर्कमा आएको देखिएन”, उनले भने । फरार भएकाहरु १७ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका छन् । अहिले नौबस्ता बालसुधार गृहमा १२२ बालबन्दी रहेका छन् ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते राति प्रहरीसँग भीडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधारगृहबाट भागेका थिए ।

प्रमुख रानाले खोजीका लागि प्रहरीले नेपाल–भारत नाकादेखि पहाडी जिल्लामा समेत निगरानी बढाएको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले दसैँमा उनीहरू आफ्नो घरमा जान सक्ने सम्भावना रहेकाले फरार रहेकाको ठेगानामा समेत प्रहरीलाई परिचालन गरिएको जनाएको छ ।

नौबस्ता बाल सुधारगृहले फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको भए पनि सो समयसीमा पूरा भइसक्दासम्म फरार बालबन्दी नफर्किएको जनाएको छ ।

सो समभित्र बाल सुधारगृहको सम्पर्कमा नआएपछि उनीहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालबन्दी र फरार थुनुवाको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीको नेतृत्वमा कार्यदल निर्माण भएको जानकारी दिए ।

उनले फरार भएकाको खोजीका लागि स्थानीय तहलगायतका स्थानमा पत्राचार भएको उल्लेख गर्दै प्रहरीले पनि आन्तरिक रुपमा खोजतलास गरिरहेको बताए । “आजै मात्रै पनि एक जना सम्पर्कमा आएको छ, केही दिनमा उनी कञ्चनपुरबाट आउँदै छन्”, उनले भने ।

बाँके प्रहरीले नौबस्ता कारागारबाट भागेका नेपालगन्जका हरकेश खटिकलाई शनिबार र खजुरा सिमलघारीका मनोज चँदरालाई आइतबार समातेर कारागार पठाएको छ ।

उता डुडुवाको जयेन्दु बालसुधार गृहबाट एक सय १५ जना भागेकोमा ३९ जना सम्पर्कमा आएका छन् भने ७६ जना अझै फरार रहेका छन् । कार्यालय प्रमुख किशोर शर्माले असोज २० गतेसम्म सम्पर्कमा आउनेलाई अर्को मुद्दा नचलाउने भनिएको भएपनि कोही सम्पर्कमा नआएको बताए ।

नेपालमा ९ वटा बालसुधार गृह छन् । त्यसमा चौध सय हाराहारीमा बालबन्दी रहेका छन् । भक्तपुरमा केटा र केटीलाई राख्ने भएकाले त्यहाँ धेरै बालबन्दी छन् ।

विराटनगर र बाँकेका दुई वटा बालसुधार गृहमा धेरै संख्याका बालबन्दी छन् । बाँकेमा डुडुवाको जयेन्दु र नौबस्ता कारागार परिसरमा बालसुधार गृह रहेको छ । पर्सा, मकवानपुर, डोटी, रुपन्देही, कास्कीमा पनि बालसुधार गृह रहेका छन् ।

बाँकेको नौबस्तामा सबै १८ वर्षमाथिका बालबन्दी राखिएको छ । जयेन्दुमा रहँदा पटक–पटक झडपमा उत्रिएकालाई त्यहाँ राखिएको छ । जयेन्दुमा पनि १८ वर्षमाथिका अझै छन् । जेनजी विद्रोहका बेला भागेका सबैजसो १८ वर्षमाथिकै छन् ।

जयेन्दुका कार्यालय प्रमुख शर्माले बालसुधार गृहमा झगडा, झडप हुन नदिने हो भने सरकारले ऐन, कार्यविधि, निर्देशिका जे बनाएर भएपनि १८ वर्षमाथिकालाई कारागार पठाउनु पर्ने बताए । बालसुधार गृहमा जबरजस्ती करणी, कर्तब्य ज्यान र लागु औषध मुद्दाका धेरै बालबन्दी छन् । यहाँ बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका बढी बालबन्दी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : २५ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय