९ कार्तिक २०८३, सोमबार | October 26, 2026

तनाव शान्त भएलगत्तै नौबस्ता बाल सुधारगृहका बालबन्दीलाई हातहातमा नगद



नेपालगन्ज । नौबस्ता बाल सुधार गृहमा रहेका बालबन्दीबीचको तनाव शान्त भएलगत्तै उनीहरुलाई जाडो लुगावापतको नगद रुपैया वितरण गरिएको छ । पटक पटक एक आपसमा झडप र तोडफोड गर्दै आएका बालबन्दीहरुबीच तीन दिन अघि पनि झडप भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौवस्ता बाल सुधार गृहमा पुगेर बाल सुधार गृहमा रहेका एक सय २ जनालाई जाडो लुगा वापतको एक हजार नौ सय २१ रुपैया प्रदान गरेका हुन् । दैनिक सिधाबाहेक बन्दीले पाउने जाडो र गर्मीमा लुगावापत नगद रकम प्रदान गरिएको प्रजिअ पोखरेलले बताए ।

तीन दिनअघि बालबन्दीको बीचमा भएको झडपले तनावग्रस्त बनेको नौबस्ता बाल सुधार गृह शान्त भए लगत्तै उनीहरुलाई जाडोमा पाउने पैसा दिइएको छ । उनीहरुको मनोविज्ञानको अध्ययन गर्न हातमै नगद प्रदान गर्ने कार्यक्रम राखिएको बाल सुधारगृह स्रोतले जनाएको छ ।

पुस १५ गते भएको झडपपछि बाल सुधार गृहबाट १४ जना फरार भएका छन् । गत असोज ४ गते जयन्दु बाल सुधारगृहमा भएको झडप पछि फरार ३ जना अझै फेला परेका छैनन् ।

त्यहाँ रहेकाहरुलाई एक ठाउँमा नराखेर अलगअलग राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ५९ बजे

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक