२३ भदौ २०८३, मंगलबार | September 8, 2026

तनाव शान्त भएलगत्तै नौबस्ता बाल सुधारगृहका बालबन्दीलाई हातहातमा नगद



नेपालगन्ज । नौबस्ता बाल सुधार गृहमा रहेका बालबन्दीबीचको तनाव शान्त भएलगत्तै उनीहरुलाई जाडो लुगावापतको नगद रुपैया वितरण गरिएको छ । पटक पटक एक आपसमा झडप र तोडफोड गर्दै आएका बालबन्दीहरुबीच तीन दिन अघि पनि झडप भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौवस्ता बाल सुधार गृहमा पुगेर बाल सुधार गृहमा रहेका एक सय २ जनालाई जाडो लुगा वापतको एक हजार नौ सय २१ रुपैया प्रदान गरेका हुन् । दैनिक सिधाबाहेक बन्दीले पाउने जाडो र गर्मीमा लुगावापत नगद रकम प्रदान गरिएको प्रजिअ पोखरेलले बताए ।

तीन दिनअघि बालबन्दीको बीचमा भएको झडपले तनावग्रस्त बनेको नौबस्ता बाल सुधार गृह शान्त भए लगत्तै उनीहरुलाई जाडोमा पाउने पैसा दिइएको छ । उनीहरुको मनोविज्ञानको अध्ययन गर्न हातमै नगद प्रदान गर्ने कार्यक्रम राखिएको बाल सुधारगृह स्रोतले जनाएको छ ।

पुस १५ गते भएको झडपपछि बाल सुधार गृहबाट १४ जना फरार भएका छन् । गत असोज ४ गते जयन्दु बाल सुधारगृहमा भएको झडप पछि फरार ३ जना अझै फेला परेका छैनन् ।

त्यहाँ रहेकाहरुलाई एक ठाउँमा नराखेर अलगअलग राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ५ : ५९ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३