२४ असार २०८३, बुधबार | July 8, 2026

धादिङको भल्टारमा बस र टिप्पर ठोक्किँदा ११ जना घाइते



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको भल्टारमा यात्रुबाहक बस र टिप्पर एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

गल्छी गाउँपालिका–७ भल्टारमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु १ ख ०७६६ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ८ ख २५९१ नम्बरको टिप्पर आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते हुनेमा सर्लाही कैलाली गोदावरी नगरपालिका–१० की २४ वर्षीया पवित्रा चौधरी, बर्दिया गुलरिया नगरपालिका–४ की २३ वर्षीया अनिसा भण्डारी, बाँके कोहलपुर नगरपालिका–३ की २३ वर्षीया सरस्वती मल्ल, २८ वर्षीया कविता वली, बाँके खजुरा गाउँपालिका–४ का ३५ वर्षीय सोमसिंह सुनार, मुगु कर्मारोङ गाउँपालिका–१ की २२ वर्षीया कोल्सुङ निमा, अछाम तुर्माखाँद गाउँपालिका–७ का २५ वर्षीय गणेश चलाउने, बागमती नगरपालिका–५ की ३६ वर्षीया सरु रावत क्षत्री, १६ वर्षीया प्रविसा रावत, सिन्धुलीकी २२ वर्षीया निर्मला घिसिङ (हाल काभ्रे पनौती) र काभ्रेका १७ वर्षीय कोनिकेश लो रहेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ४७ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको