१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने



काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुनेगरी गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण, मर्मतसम्भार, क्षतिबाट प्रभावितका लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सञ्चालन गर्नका लागि यस्तो निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । प्रतिनिधिसभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न पनि बजेट रकमान्तर गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

सार्वजनिक आर्थिक व्यवस्थापनको सवलीकरण र सेवा प्रवाहको प्रभावकारितासम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि भएको मन्त्री खरेलले जानकारी दिए । आगामी कात्तिक ३ देखि ५ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्र«सङ्घीय व्यापार र विकाससम्बन्धी १६औँ सभामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।

शर्तहरू पालना गर्नेगरी नेपाल विद्युत् प्राधिकरणको स्रोत व्यवस्थापन गर्न रु २० अर्बबराबरको ऋणपत्र÷ऊर्जा बण्ड चरणबद्ध रूपमा निष्काशन गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति प्रदान गरिएको छ । नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतको सरुवा गरिएको छ ।

बैठकले पेरुको लिमामा आगामी मङ्सिर १० र ११ गते आयोजना हुने खाद्य र कृषि एवं बिरुवा वंशाणुसम्बन्धी अन्तरराष्ट्रिय सन्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई स्वीकृति दिने निर्णय गरेको छ । यही असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदालाई समर्थन गरिएको छ ।

इलाम जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको स्वामित्वमा रहेको ४०९.५३ वर्गमिटर जग्गासँग साँध जोडिएको भारतीय रेल विकास निगम लिमिटेडको स्वामित्वमा रहेको ५२६.३४ वर्गमिटर जग्गासँग सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय भएको पनि उनले सुनाए ।

आगामी कात्तिक १७ देखि २२ गतेसम्म फ्रान्समा आयोजना हुने सहरी केबलकार प्रणालीसम्बन्धी कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविलाल पन्थलाई स्वीकृति प्रदान गरिएको छ । राजपत्राङ्कित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गरी कामकाजमा खटाइएको छ । सहरी विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा नगर विकास कोषसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ४३ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन