१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकसहित २ जना विरुद्ध भ्रष्टाचारको मुद्दा



बुटवल । रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीले सिमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

सोही प्रकरणमा अनुसन्धानको सिलसिलामा कोटहीमाई गाउँपालिका वडा नं. ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीसमेतको आपसी मिलोमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने गरेको खेलेसँगै उनीहरु बिरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग घुसररिसवत माग गरी गराई पन्ध्र हजार रुपैयाँ ढकाल र खत्रीको पूर्वयोजना बमोजिम उक्त घुसररिसवत रकम शसस्त्र प्रहरी जवान खत्रीले लिएको स्थापित भएको भन्दै अख्तियारले उनीहरु बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरुबिरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो पन्ध्र हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी सहित आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : १६ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा