१३ भदौ २०८३, शनिबार | August 30, 2026

उजुरीपछि अख्तियारको छापा



भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

नदीजन्य पदार्थको उत्खनन्, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको उजुरीका आधारमा अख्तियारको टोली गाउँपालिकामा पुगेर आवश्यक कागजात सङ्कलन गरेको हो । स्थानीयवासीले नदी दोहन, मापदण्डविपरीत उत्खनन तथा बिक्री प्रक्रियामा अनियमितता भएको गुनासो गर्दै आएका थिए

गाउँपालिकाले चालु आर्थिक वर्षमा तिनाउ र दानव नदीका चार स्थानमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको थियो । ठेक्का प्रक्रियामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो रहेको आरोपसहित अख्तियारमा उजुरी परेको बताइएको छ ।

अनुसन्धानका क्रममा वडा नं. ५ स्थित बेनीघाट क्षेत्रमा उत्खननको अनुमति पाएको निर्माण कम्पनीले स्वीकृत स्थानभन्दा फरक क्षेत्रमा घाटगद्दी राखेको विषय पनि छानबिनको दायरामा परेको छ ।

स्थानीयवासीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी सम्पूर्ण प्रक्रियाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ११ : ५६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ