१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि आज पेरिसडाँडामा नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।

यो बैठक पहिलोपटक पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

पेरिसडाँडामा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित सहभागी हुनेछन् ।

बिहान ११ बजे बस्ने बैठकका लागि पेरिसडाँडाका कर्मचारीहरुले तयारी पुरा गरेका छन् । बैठक पार्टी कार्यालयको माथिल्लो तलामा बस्नेछ । पार्टी एकीकरणपूर्व माओवादी केन्द्रको महत्वपूर्ण बैठकहरु सोही बैठक कक्षमा हुनेगरेको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी बनेपछिको पहिलो सचिवालय बैठक पेरिसडाँडामै बस्नुमा विशेष राजनीतिक विश्लेषण गर्न सकिन्छ । अध्यक्ष प्रचण्ड कार्यकारी बन्नु र पेरिसडाँडामा बैठक आह्वान गरिनुलाई पार्टीभित्र प्रचण्डको निर्विकल्प कार्यकारीलाई स्वीकार गरिएको अर्थमा बुझ्न सकिने नेकपाका एक जना स्थायी कमिटी सदस्यले विश्लेषण गरे ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले नेकपाको कार्यकारी अध्यक्ष प्रचण्ड बन्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने निर्णय भएको थियो ।

यसअघिका धेरै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेगरेका छन् । केही बैठक मात्रै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेका छन् ।

पेरिसडाँडा र पूर्वमाओवादीको साइनो धेरै पुरानो बनिसकेको छ । जसरी पूर्व एमालेका लागि बल्खु कार्यालय महत्वपूर्ण थियो । २०७२ सालको भूकम्पले बल्खु कार्यालय भवन भत्किएपछि एमालेले पासाङ ल्हामु फाउन्डेसनको धुम्बाराहीस्थित भवन भाडामा लिएर केन्द्रीय कार्यालय चलाइरहेको थियो ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि धुम्बाराही र पेरिसडाँडा दुवै कार्यायको स्वामित्व नेकपामा सरेको थियो । तर, पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीलाई बनाइएको थियो भने अन्य विभिन्न जनवर्गीय संगठनहरुको कार्यालय पेरिसडाँडालाई बनाइएको थियो ।

पार्टी एकीकरणपछि केन्द्रीयस्तरका कुनै पनि बैठक र भेलाहरु पेरिसडाँडामा भएका छैनन् । यद्यपी, गत मंसिरमा भएको केन्द्रीय कमिटी बैठकका समुहगत छलफल भने पेरिसडाँडामा भएको थियो ।

सचिवालय बैठक बस्ने भएपछि बिहीबारबाट नै पेरिसडाँडा आसपासमा सुरक्षाकर्मीको उपस्थितिलाई बढाइएको छ । सत्तारुढ पार्टीका शिर्ष नेताहरु सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

बैठकको एजेण्डाका लागि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच बिहीबारै छलफल भएको थियो । त्यसअघि अध्यक्षद्वय प्रचण्ड र ओलीबीच सचिवालय बैठक र यसको एजेण्डाबारे छलफल भएको थियो ।

स्थायी कमिटी बैठकपछि नेकपाभित्रको विवाद तत्कालका लागि समाधान भएका कारण अब पार्टीको ध्यान पार्टी एकताको बाँकी रहेका काम पुरा गर्दै संगठन सृदृढिकरण र आगामी चैत्रमा महाधिवेशनमा केन्द्रित हुने बताइएको छ । यद्यपी, स्थायी कमिटीले निर्णय गरेको व्याख्यालाई भने नेताहरुले आफु अनुकुल विश्लेषण गर्न सुरु गरिसकेका छन् ।

 

 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ४६ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता