८ पुस २०८२, मंगलबार | December 23, 2025

बाढीपहिरो प्रभावितको पुनःस्थापनालाई प्राथमिकतामा राख्छौँ : मन्त्री घिसिङ



इलाम । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलाममा आज जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित अन्तरक्रियामा उनले इलामलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएकाले पुनःस्थापनाको कामलाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पारे ।

मन्त्री घिसिङले राहत तथा पुनर्निर्माण कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य आत्यावश्यक रहेको बताए । “यो विपद् हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो, यसपटक इलामले नसोचेको क्षति बेहोर्नुपरेको छ । अब तीनै तहका सरकारबीच सहकार्य गरेर राहत र पुनःस्थापनामा जुट्न जरुरी छ । त्यो पहल सुरु भइसकेको छ”, उनले भने ।

मन्त्री घिसिङले आज नै इलामका बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रको निरीक्षण गरेका थिए । उनले गत शनिबारको बाढीपहिराले क्षतिग्रस्त इलाम नगरपालिका–१० माईटापु, मेची राजमार्गको राजदुवाली सडक खण्ड र सदरमुकामदेखि मिलगोलाइसम्मको सडकखण्डको निरीक्षण गरे । निरीक्षणपछि मन्त्री घिसिङले क्षतिग्रस्त पक्की पुल, बेलिब्रिज र झोलुङ्गे पुलको पुनर्निर्माणलाई अगाडि बढाइने बताए ।

इलाममा हालैको बाढीपहिरोबाट सानाठूला गरी १९ वटा पक्की पुल, दुईवटा बेलिब्रिज र तीनवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते र एक जना बेपत्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएका बताइन् ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ९ : ५६ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको