२३ भदौ २०८३, मंगलबार | September 8, 2026

तिहार-छठमा प्लाष्टिकका फूल बिक्री, वितरण र प्रयोग नगर्न बुटवल उपमहानगरको आग्रह



बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालीहरूको महान चाड तिहार तथा छठ पर्वको अवसरमा नगर क्षेत्रमा प्लाष्टिकका फूलहरू बिक्री, वितरण र प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरी जारी गरिएको सूचनामा भनिएको छ- “धार्मिक एवम् सांस्कृतिक पर्वको मौलिकता जोगाउन, वातावरणीय प्रदूषण नियन्त्रण गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सबैले स्वदेशी फूल तथा मालाको प्रयोग गर्नुपर्छ ।”

विज्ञप्तिमा भनिएको छ कि प्लाष्टिकका फूल माटोमा कुहिन नसक्ने भएकाले वातावरणमा दीर्घकालीन असर पुर्‍याउँछन् र यसले सहरको सौन्दर्यमा समेत नकारात्मक प्रभाव पार्छ । त्यसैले नगरवासीहरूले तीहार र छठजस्ता पर्वमा कृत्रिम फूलको सट्टा प्राकृतिक फूलको प्रयोग गरेर स्थानीय कृषक र उद्यमीलाई समेत सहयोग पुर्‍याउने अपेक्षा नगरपालिकाले गरेको छ ।

नगर प्रमुख पाण्डेयका अनुसार उपमहानगरपालिकाले वातावरणीय स्वच्छता र हरियाली प्रवर्द्धनलाई दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ । उनले भने, “हामीले वातावरण संरक्षण, स्थानीय उत्पादकको समर्थन र मौलिक संस्कृतिको जगेर्नालाई प्राथमिकता दिएका छौँ, त्यसैले सबै नगरवासीले यस अभियानमा साथ दिनु आवश्यक छ।”

उपमहानगरपालिकाले यस वर्षको तीहार र छठ पर्वलाई स्वच्छ, हरित र स्थानीय उत्पादनमा आधारित बनाउने लक्ष्यसहित ‘प्लाष्टिक फ्री बुटवल’ अभियानलाई सशक्त रूपमा अघि बढाइरहेको पनि जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : २८ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा