२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

भेप सुन तस्करी प्रकरण : पूर्वसभामुख महराको थुनछेक बहस आज हुँदै



काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा हुने भएको छ । मंगलबार बयान सकिएपछि आज उनलाई थुनामा राख्ने वा साधारण तारेखमा छोड्ने भन्ने विषयमा अदालतले सुनुवाइ गर्ने तयारी गरेको हो ।

भेप सुन तस्करी प्रकरणमा संलग्नता रहेको आरोपमा महराविरुद्ध सोमबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा दर्ता गरिएको हो ।

सीआईबीले महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई भन्सार छली र संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

आजको थुनछेक बहसपछि अदालतले महरालाई थुनामा पठाउने वा तारेखमा रिहा गर्ने निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : १८ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२