१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेप्से परिसूचक २२ अङ्कले घट्यो



काठमाडौं । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज-नेप्से परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ ।

कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ ।

म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै समूहका उपसूचक घटेका छन् । व्यापार दुई दशमलव शून्य नौ, अन्य समूह एक दशमलव २२ प्रतिशतले घटेको छ ।

त्यस्तै बैंकिङ शून्य दशमलव ५४, विकास बैंक एक दशमलव १४, वित्त एक दशमलव १०, होटल तथा पर्यटन एक दशमलव शून्य छ, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ९८, जीवन बिमा शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ५६ र निर्जीवन बिमा समूह शून्य दशमलव ६५ प्रतिशतले घटेको छ ।

विन्ध्यवासिनि हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको बजारमा मनकामना इञ्जिनियरिङ हाइड्रोपावर पाँच दशमलव ८७ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७५ प्रतिशतले घटेका छन् । त्यस्तै आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य छ दशमलव ९३ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २० करोड ५४ लाख चार हजार ३६७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा युनियन हाइड्रोपावर लिमिटेडको शेयर दुई लाख ७३ हजार ३२२ कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा