१६ माघ २०८२, शुक्रबार | January 31, 2026

कुशल भुर्तेलको अर्धशतकमा नेपालले ओमानलाई दियो १५२ रनको लक्ष्य



काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकको बलमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनल सुपर-६ अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल खडा गरेको हो ।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ५१ बलमा सात चौका र एक छक्कासहित उत्कृष्ट ब्याटिङ गरे । यो भुर्तेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट करिअरको १३औँ र यस प्रतियोगिताको दोस्रो अर्धशतक हो ।

सह-ओपनर आसिफ सेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे । यी दुईले पहिलो विकेटका लागि ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए। तर, मध्यक्रम र तल्लोक्रमका ब्याटरहरू चल्न नसक्दा टोली ठूलो योगफलसम्म पुग्न सकेन ।

गुल्सन झाले नौ बलमा दुई छक्कासहित १८ रन बनाए भने मोहम्मद आदील आलमले १५ बलमा तीन चौका प्रहार गर्दै १६ रन जोडे ।

ओमानका नदीम खानले शानदार बलिङ गर्दै चार ओभरमा २० रन खर्चिएर चार विकेट लिए। सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई-दुई विकेट लिए ।

नेपालले यसअघि सुपर-६ चरणका दुई खेल अगावै आगामी वर्ष हुने टी-२० विश्वकपका लागि योग्यता प्राप्त गरिसकेको छ । समग्रमा नेपाल तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी-२० विश्वकपमा सहभागिता जनाएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १० : २६ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी