२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल इङ्ल्यान्डसँग



काठमाडौं । आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको हो ।

आईसीसीले सार्वजनिक गरेको खेल तालिकाका अनुसार नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। आईसीसीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘सी’मा रहेको नेपालले इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको फेब्रुअरी ८ मा पहिलो खेल इङ्ल्यान्डसँग हुनेछ भने दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग हुने छ।

लिग चरणको अन्तिम अर्थात चौथो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल फेब्रुअरी १७ मा हुनेछ। नेपाल खेल्ने चारै खेल मुम्बईमा हुनेछन्।

विश्वकपको पहिलो खेल फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड प्रतिस्पर्धा हुनेछ। यो खेल कोलोम्बोमा हुनेछ।

यस्तो छ आईसीसी टी-२० विश्वकपको खेल तालिका :

 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १० : १० बजे

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि