२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

निर्वाचन बैशाखमा सार्ने तयारी



काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन बैशाखमा सार्ने तयारी गरेको छ ।

विभिन्न संवैधानिक आयोगहरूमा नियुक्ति नहुँदा र राजनीतिक दलहरूसँग आवश्यक छलफल पूरा न भएकाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न कठिन हुने निष्कर्षमा सरकार पुगेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, फागुनमा तोकिएको निर्वाचनका लागि आवश्यक पूर्वतयारीहरू समयमै पूरा नहुने देखिएकाले चुनाव बैशाखमा सार्ने तयारी भइरहेको छ । सो विषयमा सरकारले निर्वाचन आयोगसँग अनौपचारिक परामर्श पनि सुरु गरिसकेको बताइन्छ ।

यसैबीच, निर्वाचन आयोगले आज प्रमुख राजनीतिक दलहरूसँग आगामी निर्वाचनबारे छलफल गर्दैछ । सरकार निर्वाचन तयारीमा जुटिरहेको र प्रमुख दलहरू प्रतिनिधि सभा विघटनविरुद्धको धारणा राखिरहेका बेला आयोगले छलफल थालेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  २ : ५४ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३