२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

बुटवल उपमहानगरद्वारा अपिल : धान भित्राउँदा पराल जलाउने होइन, गौशाालालाई सहयोग गर्नुहोस



बुटवल । बुटवल उपमहानगरपालिकाले कृषकहरुलाई अपिल गर्दै धान बाली स्याहार्दा उत्पन्न हुने पराल खेर नगरी गौशालालाई उपलब्ध गराउन आग्रह गरेको छ । पछिल्लो समय कृषकहरुले पराल खेतमै जलाउने गरेको पाइएपछि यसले वातावरणमा प्रदूषण बढाउने र मानव स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने भएकाले उपमहानगरपालिकाले यस्तो पहल अघि सारेको हो ।

नगर प्रमुख खेलराज पाण्डेयका अनुसार, “धान बाली भित्र्याउँदा खेर जाने पराल नन्दिनी गौशालामा गाईवस्तुलाई आहारका लागि उपलब्ध गराउन कृषकहरुलाई अपील गरिएको छ। यसरी उपलब्ध गराइने परालले वातावरण संरक्षणमा योगदान पुर्‍याउने साथै गाईवस्तुको पोषणमा समेत सहयोग पुग्नेछ।”

उपमहानगरपालिकाले यसका लागि ढुवानीको व्यवस्था समेत मिलाउने जानकारी दिएको छ । शिवनगर सामुदायिक वनभित्र रहेको नन्दिनी गौशालामा खेरजाने पराल पठाउँदा कृषकलाई कुनै आर्थिक वा यातायातको भार नपरोस् भनी व्यवस्थापन नगरले गर्ने योजना बनाएको छ ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार, “पराल जलाउँदा वातावरणीय हानिका साथै धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । यसैले कृषकहरुले खेतमै पराल जलाउने सट्टा गौशालामा उपलब्ध गराएर समाज र वातावरण दुबैको भलाइमा योगदान पुर्‍याउन सक्नेछन् ।”

यसअघि कृषकहरूले पराल जलाउने प्रचलनले हरेक वर्ष वायुमण्डलमा हानिकारक धुवाँ बढाउने गरेको छ । नगरपालिकाको यस पहलले स्थानीय स्तरमा प्रदूषण नियन्त्रण र जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले कृषकहरुलाई सहयोगका लागि पराल संकलनका समय, स्थान र प्रक्रिया सम्बन्धी विस्तृत जानकारी पनि प्रदान गर्ने जनाएको छ । यसअन्तर्गत पराल संकलन गर्ने किसान र गौशालाबीच समन्वय गरी सहज र प्रभावकारी व्यवस्थापन सुनिश्चित गरिने छ ।

नगरपालिकाको यो पहलले कृषि र पशुपालन क्षेत्रलाई सँगसँगै अघि बढाउँदै दिगो विकासतर्फको कदम ठहरिने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : २२ बजे

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

निर्वाचन आउन एक दिन बाँकी : सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी