३ आश्विन २०८३, शनिबार | September 19, 2026

“नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ” प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न सबै नेपालीलाई आह्वान गरेकी छन् । तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सन्देशमा भनिन्, “कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ ।”

उनले स्थिरता र सुशासनको दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भनिन्, “छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन हामी दत्तचित्त भएर लागेको छौँ। राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक रूपमा अघि बढिरहेको छ ।”

प्रधानमन्त्रीको सन्देशमा आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने सरकारको स्पष्ट प्रतिबद्धता दोहोर्याइएको छ। सन्देशमा भनिएको छ, “सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो ।”

प्रधानमन्त्री कार्कीले भदौ महिनामा भएको जेनजी आन्दोलनले सरकारलाई जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनमार्ग अवलम्बन गर्ने प्रतिबद्धता प्रकट गरेकी छन् । उनले भनिन्, “जेनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार भइसकेको छ । अब हामी सबैको साझा जिम्मेवारी त्यसलाई सुदृढ बनाउने हो ।”

दीपावली, म्हं पूजा, नेपाल संवत् र छठ जस्ता पर्वलाई आशा, विश्वास र समृद्धिको प्रतीक बताउँदै प्रधानमन्त्री कार्कीले सन्देशमा लेखेकी छन्, “यी पर्वहरूले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छन् । यही भावनासँगै हामी सबैले नयाँ यात्राको सुरुवात गर्नुपर्छ ।”

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : ४१ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज