१७ माघ २०८२, शनिबार | January 31, 2026

विपिन जोशीको शव आज नेपाल ल्याइँदै



काठमाडौं । इजरायलमा मारिएका कञ्चनपुरका युवा विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो । उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित हुने तयारी छ ।

अध्ययनका लागि इजरायल पुगेका विपिन जोशीलाई गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो । लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचबाट उक्त शव विपिनकै भएको प्रमाणित भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

विपिनको शव नेपाल पठाउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जलीका क्रममा उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ८ : ३८ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले