११ भदौ २०८३, बिहिबार | August 27, 2026

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण



मुस्ताङ । मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको बिदा अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बनेको छ ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन । यहाँको नेपाल–चीन बहुचर्चित उत्तरी कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरी र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न पाउँदा जोकोही पर्यटकहरु मोहित नहुने त कुरै भएन ।

पछिल्लो समय मुलुकमा जेनजी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिमा मुस्ताङको पर्यटन व्यवसाय चलाएमान भइरहेको यहाँको पर्यटक तथ्याङ्कले देखाएको छ । चालु आर्थक वर्षको असोज महिना अवधिमा मात्रै राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए ।

यसै गरी जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार आश्विन १७ देखि २० गतेसम्म वर्षा र हिमपात हुने प्रक्षेपणका कारण आशिंक रुपमा प्रभावित बनेको यहाँको पर्यटन त्यसपछि पुनःचलायमान भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार २१ असोजदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी-जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । असोज महिनाको पछिल्लो १० दिनको अवधिमा २८ हजार ७५९ आन्तरिक र चार हजार १२४ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।

जेनजी आन्दोलन र मौसम प्रतिकूलतापछि मुस्ताङ भित्रिएका पर्यटकहरु मध्ये आन्तरिक तथा बाह्य पर्यटक गरी १४ हजार ३८९ जना पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जसमध्ये १३ हजार ९२९ जना आन्तरिक र ४५० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । असोज महिनामा मुस्ताङ भित्रिएका कूल पर्यटक संख्या मध्ये आन्तरिक तथा बाह्य गरी २० प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गरेको पाइएको छ ।

यसैगरी गतवर्षको असोज महिनामा कूल ५९ हजार ८३१ जना आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । त्यस महिनामा यहाँ ४७ हजार २९३ जना आन्तरिक र १२ हजार ५३८ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ ।

मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी १५ हजार ७६८ जना अर्थात ९२०।८५० प्रतिशतले पर्यटक सख्या घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोज मसान्तसम्ममा एक लाख १८ हजार ६८९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनदेखि असोजसम्ममा ९१ हजार १२५ जना र २७ हजार ४६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । त्यसवर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ०० बजे

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,