पाल्पा । पाल्पाको माथागढी गाउँपालिका-४ देउरी निवासी ५६ वर्षीय प्रेमबहादुर जिसीको कुटपिटबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार राति करिब ८ बजेतिर जिसी र त्यही ठाउँका ५२ वर्षीय जनकपुरुषोत्तम जिसीबीच झगडा भएको थियो । सोही क्रममा जनकपुरुषोत्तमले प्रेमबहादुर जिसीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा रहेका प्रेमबहादुर जिसीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा मित्यालमा पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल, बुटवल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि कुटपिट गर्ने जनकपुरुषोत्तम जिसी घरमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रसाद बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


















प्रतिक्रिया