११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रधानमन्त्रीको प्रतिबद्धता – ‘जेनजी आन्दोलनको मर्मभित्र रहेरै सरकार अघि बढ्छ’

भ्रष्टाचारीमाथि कारबाही नगरिए अर्को आन्दोलन गर्छौ : जेनजी



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मूल भावना र मर्मअनुसार नै अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्।

मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रतिनिधिसँगको छलफलमा उनले सरकार कानुनी प्रक्रिया र संवैधानिक दायराभित्र रही काम गर्ने बताइन्।

प्रधानमन्त्री कार्कीले आन्दोलनले दिएको ‘म्यान्डेट’अनुसार सरकार सञ्चालन हुने र तोकिएको समयमा नै निर्वाचन सम्पन्न गरिने स्पष्ट पारिन्।

उनका अनुसार राज्यका सम्बन्धित निकायहरूले तीव्र गतिमा भ्रष्टाचार अनुसन्धान अगाडि बढाइरहेका छन्। “भ्रष्टाचारको छानबिन र कारबाही दुवै प्रक्रियामा सरकार गम्भीर छ,” प्रधानमन्त्रीले भनिन्।

छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर कदम चाल्न सरकारलाई सुझाव दिए। उनीहरूले चेतावनी दिँदै भने, “यदि भ्रष्टाचारीमाथि कारबाही भएन भने हामी फेरि सडकमा उत्रनेछौं।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आन्दोलनपछि अघिल्लो सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानै प्रशासनिक संरचना यथावत् रहँदा काम गर्न चुनौतीपूर्ण भएको बताए।

गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा भएको दमन र भ्रष्टाचारबारे भइरहेको छानबिनको प्रगति सहभागीहरूलाई अवगत गराए।

जेनजी आन्दोलनका क्रममा घाइते भएका रुपिन खड्काको नेतृत्वमा १८ जनाको टोलीले प्रधानमन्त्रीसँग उक्त छलफल गरेको हो।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : १७ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र