२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’



नेपालगन्ज । पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाउँदै छन् ।

आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताए ।

घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ ।

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाई पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रूपमा भुर्की पूजन गर्दछन् । पूजाको क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा, कहानी सुनाउने गरिएको छ ।

भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ—आफनो दाजुभाइको सुखशान्ति, उन्नति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताए ।

आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ९ : १३ बजे

ओडीआई मान्यता जोगाउने लक्ष्यसहित नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

राँझा । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५