२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

ओडीआई मान्यता जोगाउने लक्ष्यसहित नेपालले आज ओमानसँग खेल्दै



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

लिग-२ को शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भइसकेको छ । अब नेपालसामु एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने चुनौती छ । त्यसैले ओमानविरुद्धको आजको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ ।

आइतबार क्यानडालाई पराजित गर्दै नेपालले शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने सम्भावना जीवित राखेको थियो । बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै जित निकाल्नुपर्ने दबाब नेपालमाथि छ ।

ओमान र क्यानडासँग दुई-दुई गरी बाँकी चार खेलमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालले शीर्ष ६ मा रहँदै ओडीआई मान्यता सुरक्षित गर्न सक्नेछ ।

लिग–२ मा आठ टोली सहभागी छन् । जारी प्रतियोगितामा नेपालले ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ । २९ खेल खेलेको ओमान ३३ अंकसहित नेपालभन्दा माथि छ । क्यानडाले ३४ खेलबाट २५ अंक जोडेको छ ।

त्यस्तै, नामिबियाले ३५ खेलबाट ३१ अंक जोडेको छ भने यूएई ३२ खेलबाट १९ अंकसहित तालिकाको अन्तिम स्थानमा छ । अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै सन् २०२७ को विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गरिसकेको विवरणमा उल्लेख छ ।

नेपालले आगामी शनिबार क्यानडासँग र कात्तिक २ गते ओमानसँग पुनः प्रतिस्पर्धा गर्नेछ । ओडीआई मान्यता जोगाउने लक्ष्यमा रहेका नेपालका लागि बाँकी खेलका नतिजा निर्णायक बन्नेछन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : २१ बजे

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

ओडीआई मान्यता जोगाउने लक्ष्यसहित नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

राँझा । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको