६ पुस २०८२, आइतबार | December 21, 2025

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग



काठमाडौं । राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो ।

ओमकार योग आयुर्वेद गुरुकूल, गोरखाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षण गरी महत्त्व बुझाउन सबै लाग्ने वातावरण बनाउन गौ संरक्षण दिवस घोषणा गर्न माग गरेको हो । स्थानीय जातका गाईको संरक्षणका लागि कार्तिक शुक्ल अष्टमी अर्थात् गोपाष्टमी पर्वका दिन गौ संरक्षण दिवस घोषणा गरिनुपर्ने गुरुकुलका प्राचार्य आचार्य गोविन्द रेग्मीले बताए ।

कार्यक्रममा यस वर्षको गोपाष्टमी पर्वमा गोरखाबाट काठमाडौंसम्म गौ संवर्द्धन पदयात्रा आयोजना गर्न लागिएको जानकारी दिइएको थियो ।

गुरुकुलका प्राचार्य रेग्मीका अनुसार पदयात्रा कात्तिक १२ गते बेलुकी काठमाडौं आइपुग्ने छ । कात्तिक १३ गते थापाथलीबाट नारायणहिटीस्थित नारायण मन्दिरसम्म पदयात्रा गरेर प्रवचन कार्यक्रम गरिने उनले जानकारी दिए ।

कार्यक्रममा संस्कृतिविद् डा. जगमान गुरुङले स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षणका लागि पदयात्रा गरिएको जनाउँदै पदयात्रा काठमाडौंमा आइपुगेपछि प्रवचन कार्यक्रमसमेत गर्न लागिएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : १७ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)