काठमाडौं । हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आजको बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
साथै, बाँकी तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।
गण्डकी प्रदेशका केही स्थानहरू, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान र कोशी प्रदेशका एक-दुई स्थानमा पनि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



















प्रतिक्रिया