१६ चैत्र २०८२, सोमबार | March 30, 2026

मङ्सिर ७ देखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।

बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले यो आन्दोलन हिंसारहित हुने बताएका छन् । उनका अनुसार, आन्दोलन बन्दुक–बारुद बोकेर, सिंहदरबारमा आगो लगाएर वा जनताको सम्पत्तिमा तोडफोड गरेर होइन, शान्तिपूर्ण रूपमा व्यवस्था परिवर्तनको अभियानका रूपमा सञ्चालन हुनेछ ।

प्रसाईंले बताएअनुसार, यो अभियान पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ ।

उनका अनुसार मङ्सिर ७ गते विशेष दिन हो, “यो दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको थियो, जसका कारण राजसंस्था र हिन्दु अधिराज्य गयो, देश विदेशी प्रभावमा पर्‍यो र नेपालीहरू विदेश पलायन भए,” उनले भने ।

प्रसाईंले पशुपति र माता दुर्गाको रक्षा तथा विदेश गएका नेपालीहरूलाई स्वदेश फर्काउने अभियान भएको बताए । उनले सम्पूर्ण नेपाली नागरिकलाई मङ्सिर ७ गतेको आन्दोलनका लागि तयारी गर्न आग्रह गर्दै भने, “अब व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन हुने छैन ।”

उनले नागरिकहरूलाई २० दिनभित्र आवश्यक इन्धन, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा संकलन गर्न सुझाव दिएका छन् । साथै, उनले मानव अधिकार आयोगलाई आन्दोलनको औपचारिक जानकारी गराइसकेको पनि उल्लेख गरे ।

प्रसाईंले सरकार वार्ताको लागि तयार रहेको र आफूलाई गिरफ्तार गर्ने कुरा मिडियामा आए पनि भाग्ने मनसाय नरहेको स्पष्ट पारे । उनका अनुसार मानव अधिकार आयोगका अध्यक्षले पनि भनेका छन्, “तपाईंले उठाउनुपर्ने कुरा त हामीले उठाउनुपर्ने हो, दुर्गाजी ।”

अन्त्यमा, प्रसाईंले पत्रकार, मानवअधिकारवादी, सरकारी कर्मचारी र विदेशमा रहेका नेपालीहरूलाई समेत मङ्सिर ७ गतेको आन्दोलनमा साथ दिन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ३५ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन