७ कार्तिक २०८३, शनिबार | October 25, 2026

पाल्पामा ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु



पाल्पा । पाल्पाको रैनादेवी छहरामा भएको भ्यान दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सदरमुकाम तानसेनदेखि करिब २० किलोमिटर पश्चिमतर्फ पर्ने रैनादेवी छहरा गाउँपालिका-४, पिपलभञ्ज्याङमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुझुङका अनुसार, लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।

प्रहरीका अनुसार, उक्त भ्यान बुटवलबाट छहरा-मेहलढापतर्फ जाँदै गर्दा बिहान साढे १० बजे सडकबाट करिब १ हजार ५ सय मिटर तल खसेको हो ।

स्थानीयवासीका अनुसार, भ्यान छहरा बजारबाट १० बजे मेहलढापतर्फ प्रस्थान गरेपछि दुर्घटनाको जानकारी साढे १ बजेतिर मात्र प्राप्त भएको हो ।

भ्यानले बुटवलबाट आएका यात्रुहरूलाई छहरा बजारमा झारेपछि मेहलढापतर्फ गएको थियो । प्रहरीका अनुसार, मृतकहरूको शवलाई उद्धार गरी अस्पताल पठाइएको छ र थप विवरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : २७ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र