१३ भदौ २०८३, शनिबार | August 29, 2026

बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीसहित त्रिपक्षीय वार्ता



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दलहरु र जेनजी प्रतिनिधिहरुबीच त्रिपक्षीय वार्ता भैरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट वार्ता सुरु भएको हो । बैठकमा मुख्य राजनीतिक दलका नेताहरुसहित जेनजीबाट १३ जना प्रतिनिधि सहभागी भएका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र संचारमन्त्री जगदीश खरेल एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजेयभद्र खनाल सहभागी छन् ।

आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहमति निर्माण गर्न त्रिपक्षीय वार्ता भएको हो । सरकारले निर्वाचनको वातावरणका लागि पहिलो पटक जेनजीहरुलाई समेत राखेर संयुक्त छलफल आयोजना गरेको हो ।

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच निर्वाचनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको उक्त सर्वदलीय बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा सबै पक्ष सकारात्मक बनेका थिए।

 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ५ : ०२ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ