४ चैत्र २०८२, बुधबार | March 18, 2026

टाइब्रेकरमा भारतमाथि नेपाल महिला टिमको शानदार जित



काठमाडौं । नेपालले भारतविरुद्ध बुधबार भएको अनौपचारिक महिला राष्ट्रिय टिमबीचको मैत्रीपूर्ण खेलमा टाइब्रेकरमार्फत ३-० ले विजय हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि परिणाम टाइब्रेकरबाट निर्धारण गरिएको हो ।

नेपालको जितमा गोलरक्षक अञ्जना रानामगर नायक बनिन् । उनले भारतका दुई प्रहार रोकिन् भने अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले सफलतापूर्वक गोल गरेका थिए । कप्तान अनिता बस्नेतको प्रहार भने बाहिरिएको थियो ।

खेलको पहिलो हाफमा भारतले सौम्या गुगुलोथको गोलमार्फत ३० औं मिनेटमा अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा अनिता बस्नेतको कर्नर प्रहारमा रश्मिकुमारी घिसिङले हेडमार्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् ।

सिक्किमको पाल्जोर स्टेडियममा सम्पन्न यो खेलसँगै नेपालको भारत भ्रमण टुंगिएको छ । यसअघि थ्री नेसन्स कपमा नेपालले पहिलो खेलमा इरानसँग ३-० ले पराजय बेहोरेको थियो भने दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ३१ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको