९ चैत्र २०८२, सोमबार | March 23, 2026

कांग्रेस पदाधिकारीको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे बस्दैछ । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्ने तयारी गरिएको हो ।

बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने एजेन्डामाथि छलफल हुने बताइएको छ । उनीहरूले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव र क्रियाशील सदस्यता विवाद समाधानका विषय बैठकको मुख्य एजेन्डा बनाएका छन् ।

बिहीबारको बैठकमा उक्त एजेन्डा राख्न नसक्ने अवस्था बनेपछि महामन्त्री थापा बिनासूचना अनुपस्थित भएका थिए ।

कांग्रेसभित्र अहिले महाधिवेशनको मिति र प्रक्रियालाई लिएर तीव्र मतभेद देखिएको छ । पार्टीभित्रको संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व) सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।

त्यसका विपरीत, संस्थापनइतर समूह मंसिरभित्रै महाधिवेशन सम्पन्न हुनुपर्ने र नभए विशेष महाधिवेशनमा जाने अडानमा रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भने दिउँसो १ बजे बस्ने तय गरिएको छ, जसमा आजको पदाधिकारी बैठकमा तय भएका प्रस्तावहरू औपचारिक रूपमा पेश गरिनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ११ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी