१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

भिजिट भिसामा विदेश भ्रमण जाने नेपालीलाई अध्यागमनमा लचिलो व्यवस्था



काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा वैदेशिक भ्रमणमा जान लाग्ने नेपाली नागरिकका लागि नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

अध्यागमन विभागले विभागले हाल लागू भइरहेको अध्यागमन प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउँदै दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यले नयाँ प्रक्रिया अघि सारेको जनाएको छ ।

विभागको विज्ञप्तिमा भनिएको छ – अध्यागमन र भिजिट भिसासम्बन्धी क्रियाकलापका क्रममा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय अध्ययन तथा छानबिन समिति–२०८७ को सुझावअनुसार केही व्यवस्था लागू गरिएको हो।

अब भिजिट भिसामा वैदेशिक भ्रमण गर्न चाहने नेपाली नागरिकले चार थरी कागजातहरू मात्र पेश गर्नुपर्नेछ । जसअनुसार कम्तीमा छ महिनाको वैध राहदानी, सम्बन्धित देशको भिसा वा अन अराइभल भिसा हुने भए सोको प्रमाण, गन्तव्य देशको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र त्यसबाट सिर्जित परिणामका लागि स्वयं जिम्मेवार रहने भन्ने स्वघोषणा गर्नुपर्नेछ ।

विभागले सबै नेपाली नागरिकलाई यस्ता यात्रा गर्दा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी अध्यागमन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै, यस सम्बन्धमा सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई नागरिकहरूलाई आवश्यक सहयोग पुर्‍याउन निर्देशन दिएको छ।

अध्यागमन विभागले यो व्यवस्था लागू भएपछि विदेश भ्रमणसँग सम्बन्धित प्रक्रिया थप पारदर्शी र सुरक्षित हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : ४७ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति