१८ श्रावण २०८३, सोमबार | August 4, 2026

काठमाडौंका मेयर शाहको मध्यरातमा आपत्तिजनक ‘स्टाटस’, तीव्र आलोचनापछि हटाए



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक पोस्ट गरेपछि तीव्र आलोचनाको सामना गरिरहेका छन् । शनिबार मध्यराति उनले उक्त पोस्ट लेखेका थिए, जुन केहीबेरमै उनले आफ्नो वालबाट हटाएका छन् ।

तर, बालेनले पोस्ट हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालभर ‘भाइरल’ बनेको छ । सो पोस्टमा उनले अश्लील शब्द प्रयोग गर्दै दुई छिमेकी देश-चीन र भारतसहित अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए ।

उक्त पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बालेनमाथि तीव्र आलोचना गर्न थालेका छन् । कतिपयले उनलाई ‘अविवेकी’ र ‘असन्तुलित’ भएको आरोप लगाएका छन् भने अरूले मेयरको हैसियतअनुसार जिम्मेवार अभिव्यक्ति नदिएको टिप्पणी गरेका छन् ।

बालेनविरुद्ध हाल जेनजी आन्दोलनमा युवाहरूलाई उक्साएको तर त्यसको स्वामित्व नलिएको, सुशीला कार्की नेतृत्वमा सरकार गठनमा भूमिका खेलेको तर अहिले सोही क्याबिनेटका गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन खोजेको लगायतका विषय जोडेर पनि आलोचना भइरहेको छ ।

उनले अन्तर्राष्ट्रिय शक्तिसँग साँठगाँठ गरेको आरोपसमेत सामाजिक सञ्जालमा उठ्न थालेको छ । बालेनले भने यस विषयमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : ४८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क