१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

राष्ट्रपति पौडेल आज कतार जाँदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन् । उनी दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार सम्मेलनमा सहभागी हुन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार आयोजना भइरहेको यस सम्मेलनलाई सदस्य राष्ट्रहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको यो सम्मेलनले सामाजिक विकासका विषयमा विश्वस्तरको साझा प्रतिबद्धता व्यक्त गर्ने बताए । उनका अनुसार, सम्मेलनमा विकास असमानता, जनसंख्या असन्तुलन र प्रविधिक प्रभावजस्ता समसामयिक चुनौतीहरूबारे गहन छलफल हुनेछ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न राष्ट्रका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

यसअघि ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’ सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा आयोजना भएको थियो। यसपटक दोस्रो सम्मेलनको जिम्मेवारी कतारले लिएको हो ।

सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य रहेका नेपालले शान्ति, स्थायित्व र सामाजिक न्यायका पक्षमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ । नेपाल हाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष राष्ट्र भएकाले पनि राष्ट्रपति पौडेलको सहभागिता थप अर्थपूर्ण हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले कतारको औपचारिक भ्रमण सम्पन्न गरी यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ३८ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद