काठमाडौं । बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएका नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो ।
अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले बताए । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।
उनको बुहबिबाहको मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा एमाले सचिव योगेश भट्टराईले कुरा निकालेका थिए । सचिव भट्टराईले सांस्कृतिक विचलनमा संलग्नलाई निलम्बन गर्नुपर्ने माग राख्दा एमाले अध्यक्ष केपी ओलीले सामान्य विषय भन्दै बेवास्ता गरेका थिए । ओलीकै संरक्षणमा शेर्पा खुल्लारुपमा प्रस्तुत हुँदै आएका थिए ।


















प्रतिक्रिया