१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

खोज पत्रकारिता केन्द्रको समाचारबारे सगुनको गम्भीर ध्यानाकर्षण



अमेरिका । अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगुनले आफ्नो कम्पनीको बारेमा प्रकाशित भएको समाचारप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

सगुनले गत बिहीबार खोज पत्रकारिता केन्द्रले तयार पारेको तथा काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकमा  कम्पनीका बारेमा प्रकाशित समाचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको हो ।

कम्पनीले आफ्नो वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भै रहेको भन्दै कुनै पनि समाचारप्रति भ्रममा नपर्न आग्रह समेत गरेको गरेको छ। स्टार्टअप  कम्पनीको अवधारणा राम्रोसँग नबुझेर प्रकाशित सामग्रीले हाम्रा लगानीकर्ताहरु तथा शुभचिन्तकहरुमा भ्रम सिर्जना गर्न सक्ने भएकाले हामीले ती दुवै समाचार संस्थालाईआफ्नो प्रतिक्रिया पठाएका छौं,” विज्ञप्तीमा भनिएको छ।

सगुनका सहसंस्थापक कविन्द्र सिटौलाद्वारा शनिवार जारी विज्ञप्तीमा सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकास गर्ने बारेमा आइआइटी दिल्लीका प्राध्यापकहरुसंग मिलेर सगुनले गरेको अनुसन्धान परियोजना स्थगित गरिएको जनाइएको छ ।

सगुनले सन् २०१७ मा सगुन एपका प्रयोगकर्ता संख्या ६ लाख मात्र रहेकोमा अहिले झन्डै १,००० प्रतिशतले वृद्धि भै अहिले ८१ लाख पुगेको  जनाइको छ ।

“कुनै भेन्चर क्यापिटलिस्टले आफ्नै जोखिममा सो परियोजनामा लगानी गर्न खोजे उक्त परियोजनालाई अगाडी बढाउन सकिने तर सगुनका आम लगानीकर्ताहरुको रकम उक्त परियोजनामा लगानी नगरिने पुनः स्पष्ट पार्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ। सगुनका लगानीकर्ताहरुबाट संकलित रकम मूलतः सगुन एपमा नयाँ फिचरहरु विकास गर्ने काममा खर्च गरिने पनि सो कम्पनीले जनाएको छ।

एउटा स्टार्ट अप कम्पनीमा लगानी गर्नु भनेको उच्च जोखिमयुक्त निर्णय हो भनेर हामीले कहिल्यै लुकाएका छैनौं। त्यसैले केहि थोरै धनाढ्य लगानीकर्ताहरुमा भर पर्नु भन्दा Crowd Funding मोडेल अपनाएर सैयौं लगानीकर्ताहरुबाट सानो, सानो रकम जुटाउने शैली हामीले अपनाएका छौं।

त्यसबाट लगानीकर्ताको जोखिम निकै कम हुन्छ भने कम्पनी सफल भएपछि पाउने आर्थिक लाभ भने सोचे भन्दा निकै बढी हुन्छ र सर्वसाधारण परिवारलाई त्यसले सुनश्स्चित भविष्यको जग बसालिदिन सक्छ,” विज्ञप्तिमा भनिएको छ।

३० सेप्टेम्बर २०२० भित्रै सगुनले जारी गरेको मिनी आइपीओमा लगानी गर्न पनि कम्पनीले आग्रह गरेको छ।

सगुनले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ

श्रीमान् सम्पादकज्यू,
खोज पत्रकारिता केन्द्रको संयोजनमा नयाँ पत्रिका दैनिकमा २०७७ असोज १ गते प्रकाशित सगुनबारेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । उक्त समाचारले सगुनको ब्राण्ड, यसका प्रयोगकर्ता र लगानीकर्ताहरूमा भ्रम सिर्जना भएकाले सगुनबारे यथार्थ कुरा सम्प्रेषण गरेका छौं । यहाँले हाम्रो भनाइलाइ स्थान दिनुहुनेछ भन्ने अनुरोध गर्दछौं ।
उक्त समाचारमा उठाइएका विषयहरुबारे हाम्रो भनाइ निम्न अनुसार छ।

१. यदि कम्पनीले ठूला व्यक्तिगत लगानीकर्ता वा सर्वसाधारण जनताबाट पैसा उठाउँदछ भने कम्पनीले, मूल्यांकन गर्ने तेस्रो पक्षबाट स्वतन्त्ररूपमा मूल्यांकन गराएर उनीहरूले तोकेको मूल्यका आधारमा सेयर मूल्य निर्धारण गरिन्छ । यस्तो मूल्य प्रत्याभूतिकर्ताहरू (अण्डरराइटर), कानूनी र सरकारी नियामकहरू सहित सबै सम्बन्धित पक्षले स्वीकार गरेका हुन्छन्।

२ सगुन कम्पनिको मूल्यांकन हामी आफैले गरेका होइनौं । यसको मूल्यांकन ख्यातीप्राप्त स्वतन्त्र दुइवटा कम्पनीले गरेका हुन्। उनिहरुले हामीलाई सार्वजनिक कोष संकलनका लागि १५० मिलियनदेखि २०० मिलियन डलरको बीचमा सेयर निस्कासन गर्न सिफारिस गरेका थिए । तर हामीले ती दुवै मूल्यांकन हेरेर १२६ मिलियन डलरमा जाने निर्णय गर्यौ । सगुनको हालको मूल्यांकन वर्तमान निष्पक्ष बजार मूल्यभन्दा तल छ ।

३. हामी US Security and Exchange Commission (SEC) द्वारा नियन्त्रित छौ । हामी GAP मानक लेखा प्रक्रिया अनुसरण गर्दछौं र प्रत्येक ६ महिना SEC मा ती आर्थिक विवरण फाईल गर्दछौं । ती विवरण सार्वजनिक रूपमा उपलब्ध छन् । जो कोहीले यसलाई SEC को साइटमा हेर्न सक्दछन्।

४. हामी एक टेक स्टार्ट अप कम्पनी हौं । हामी लगानीकर्ताहरूलाइ यतिबेला लाभ वा लाभांश बाँड्दैनौं । हामीले हाम्रो प्रस्तावपत्रमा स्पष्टरूपमा भनेका छौं कि जब कम्पनीको मूल्याकंन वृद्धि हुन्छ तब शेयरधनीको प्रति शेयर मूल्य पनि बढ्नेछ । जब कम्पनी सेयर ट्रेडिंगको लागि सार्वजनिक रूपमा जान्छ, तब शेयरधनीले आफ्नो सेयर बेच्नसक्नेछन्। अमेरिकी निजी कम्पनीहरू सबैले यसैगरी काम गर्दछन्। अहिलेका सफल सामाजिक संजालहरु पनि घाटामा गएका थिए भन्ने कुरा उनीहरुको इतिहास हेर्दा थाहा हुन्छ। २०२० जुन महिनामा सार्वजनिकरुपमा प्रकाशित तथ्यांक अनुसार ट्वीटर, १.२ बिलियन, स्न्यापच्याट ७ बिलियन र उबर २१ बिलियन डलर घाटामा देखिन्छ। यसको अर्थ उनीहरु टाट पल्टेको भन्न मिल्दैन। त्यसैगरी सगुन पनि सोहि तरिकाले अगाडी बढेकाले सगुन टाट पल्टेको भन्ने दावी सरासर गलत हो। यसैगरी स्टार्ट अप टेक कम्पनीहरुले आफ्नो आम्दानी नभइन्जेल लगानी कर्ताबाट अथवा अरु कुनै श्रोतबाट पूँजी जुटाउनै पर्छ। त्यसैले सगुनले आवश्यता परेको बेलामा ऋण पनि लिएको हो।

५. अहिले ३०० भन्दा बढी प्रारम्भिक लगानीकर्ताको सेयर मूल्य ६० गुणाले बढेको छ। र, ४,००० भन्दा बढी Reg A (Mini-IPO) लगानीकर्ताको सेयर मूल्य ३० प्रतिशतले बढेको छ।

६ Sagoon Inc. अमेरिकाको डेलावेयरमा दर्ता भएकोकम्पनी हो। नेपाल, भारत लगायत कुनै पनि देशको धितोपत्रमा भाग लिन वा सूचिकृत हुन Sagoon Inc.ले आफ्नो कुल शेयरको १० प्रतिशत हिस्सा कम्पनी स्थापना भएको (होस्ट) देशमा बेच्नु पर्छ। हामीसँग Sagoon Nepal Private Limited मा सत प्रतिशत Sagoon Inc. को स्वामित्व छ। तसर्थ, हामीले विदेशमा सेयर बेच्न धितोपत्र बोर्डको अनुमित जरूरी छैन । र, सो बोर्डले यसको अनुमोदन वा अस्वीकार गर्नुको कुनै अर्थ राख्दैन। Sagoon Inc. ले नेपालमा आफ्नो सेयर किनबेच गर्ने कुनै योजना बनाएको छैन। र, हालसम्म नेपालमा मिनी आइपीओ अन्तर्गत शेयर किनबेच गरिएको छैन, साथै विदेशमा बस्ने नेपालीहरुले अधिकांशरुपमा नेपालबाट प्रकाशित भएका पत्रपत्रिकाहरु बढि पढ्ने भएकाले उहाँहरुसम्म पुग्न र नेपालमा युजर ग्रोथका लागि नेपाली मिडिया मार्फत सूचना र जानकारी प्रकाशन गरेका हौँ ।

७ सगुन अहिले सार्वजनिक कम्पनी होइन । त्यसैले हाम्रो सेयर कुनै सार्वजनिक बजार NASDAQ वा NYSE मा सूचीकृत छैन। त्यसो भएकाले हाम्रा लगानीकर्ताहरूले खुला बजार उपलब्ध नभएसम्म पर्खनु पर्दछ। हामीले हाम्रो प्रस्ताव सर्कुलरमा पनि यसलाई स्पष्ट रूपमा उल्लेख गरेका छौं। सगुनले सन् २०२१ मा दोश्रो बजारमा जाने योजना बनाइ सकेको छ र सोहि अनुरुप काम पनि अगाडी बढाइ रहेको छ। सगुनका लगानीकर्ताहरुले दोश्रो बजारमा त्यो बेलाको मूल्य अनुसार शेयर किनबेच गर्न पाउनेछन् ।

८ . हामी बैंक वा सरकार होइनौं । हामी एक टेक स्टार्ट-अप कम्पनी हौँ । स्टार्ट-अप कम्पनीमा लगानी गर्नु उच्च जोखिमयुक्त हुन्छ। स्टार्ट अप कम्पनी सफल भए त्यसबाट आउने प्रतिफल पनि उच्च हुन्छ । जो कोही उच्च जोखिम लिन चाहन्छ भने सगुन जस्तो स्टार्टअप कम्पनीमा लगानी गर्न उपयुक्त हुन्छ भनेर सेयर निष्कासनका बेलादेखि नै हामीले हाम्रा आधिकारिक सूचना तथा प्रेस व्यक्तव्यहरुमा स्पष्ट भन्दै आइरहेका छौँ ।

९ . सगुन अमेरिकी सरकार, भारत सरकार र नेपाल सरकारको नियम र विनियमनद्वारा नियन्त्रित छ। जो कोहीले हाम्रो लगानी पृष्ठमार्फत हाम्रो प्रस्ताव सर्कुलर जाँच गर्न सक्दछन् । लगानीकर्ताको अधिकार बुझ्नका लागि हाम्रा सबै कागजातहरू पारदर्शी छन् । जो कोहीले पनि US Securities and Exchange
Commission (SEC) मा फाइल गर्ने सबै वित्तीय रिपोर्टहरूमा पहुँच पाउन सक्दछन्। हामी जहिले पनि जुनसुकै प्रश्नको उत्तर लगानीकर्ताहरूलाइ दिइरहेका हुन्छौं ।

१०. अमेरिकी कानूनको आधारमा प्रायजसो निजी कम्पनीहरूले आफ्नो वित्तीय स्थिति सार्वजनिक वा मिडियामा खुलाउन आवश्यक पर्दैन। यद्यपि हामी US Securities and Exchange Commission (SEC) द्वारा विनियमित भएकोले हाम्रो वित्तीय स्थिति सँधै सार्वजनिक रूपमा उपलब्ध हुन्छ।

११. हाम्रा केही संस्थापकहरू स्वयंसेवककै रूपमा काम गरिरहेका छन् । तिनीहरूमध्ये केहीले धेरै वर्षसम्म विना पारिश्रमिक काम गरेका छन्। कम्पनीले नेपाल, भारत र अमेरिकी सरकारका अधिकारीहरुलाई वित्तीय प्रतिवेदन पेश गर्दै आएको छ। जहाँसम्म सगुनका संस्थापकसंग रहेको क वर्गको शेयरको कुरा छ, त्यो अमेरिकी कानुन अनुसार नै रहेको छ। संस्थापक गोविन्द गिरीले अन्य अमेरिकी कम्पनीहरुको तुलनामा निकै कम सुविधाहरु लिएर काम गरिरहनु भएको छ। उहांसंग रहेको क्लास ए को शेयर Restricted शेयर हो, जुन संस्थापकले US SEC को स्विकृती विना बिक्रि गर्न मिल्दैन। अमेरिकामा सबैजसो स्टार्ट अप कम्पनीका संस्थापकहरुले आफुसंग सत प्रतिशत भोटिंग राइट राखेका हुन्छन्, तर सगुनले आफ्ना मिनी आइपीओ लगानीकर्ताहरुलाई १/१० भोटिंग राइट दिएको छ। कम्पनीमा लगानीकर्ता थपिंदै जांदा कम्पनीका पुराना लगानीकर्ताहरुको प्रतिशत हिस्सा खुम्चंदै जान्छ, तर नाफा र मूल्यांकन भने बढ्दै जान्छ, घट्दैन।

१२. कम्पनीलाई व्यवसाय चलाउन कोष चाहिन्छ । त्यसमा अनुसन्धान र विकास, तलब, कानूनी शुल्क, डेटा स्ट्रिमिङ्ग र मार्केटिंग खर्च पर्दछन्। स्टार्ट अप कम्पनीले नयां प्रडक्ट तथा फिचर विकास गर्न पटक पटक लगानी जुटाउने गर्छन्। त्यसैका लागि अहिले फेरि मिनी आइपीओ खोलिएको हो। कम्पनी १ अर्ब रुपिया घाटामा छ भनिएको कुरा सही होइन। जुन रकम सगुनको घाटा भनेर प्रचार गरिएको छ, त्यो सत्य होइन । कम्पनीले शुरु देखि हालसम्म जति पनि इक्विटी सेयर विक्री गरेको छ, त्यो वरावरको रकम ग्याप एकाउण्टिङ प्रोसेसमा घाटाको रुपमा देखाइन्छ । तर वास्तवमा त्यो घाटा नभई कम्पनिले हालसम्म विकी गरेको सेयरको वर्तमान मूल्य हो ।

१३. कोभिड १९ का बेला सगुनको एप डाउनलोड निकै बढेको छ। त्यसैले यसका प्रयोगकर्ता ८१ लाख पुगेका हुन् । यसै वर्षको जुन महिनादेखि अहिलेसम्म हरेक महिना दस लाख भन्दा बढी प्रायोगकर्ताहरु सगुनमा जोडिदै आएका छन्।

१४ सगुनले प्रधानमन्त्री वा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नाम बेचेर फाइदा उठाएको भन्ने आरोप गलत हो। प्रधानमन्त्री के पी शर्मा ओलीले विदेशमा बसोबास गर्ने नेपालीहरुले ग्लोबल भिजन लिएर स्थापना गरेको स्टार्ट अप कम्पनीलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको हो । सगुन सफल हुँदा त्यसले कमाउने रकम नेपालमै खर्च गर्ने हामीले प्रतिवद्धता ब्यक्त गरेका छौं । एनआरएनएमा आवद्ध नेपालीहरुले सगुन, नेपालीले विकास गरेको प्रोडक्ट भनेर सहयोग गर्नु भएको हो । हामीले एनआरएनएको नाम दुरुपयोग गरेका छैनौं । एनआरएन युकेलाई दिने भनेको सहयोग कित्ता शेयर हाम्रो कारणले रोकिएको होइन, एनआरएन युके च्यारिटीमा दर्ता हुनासाथ सगुनले उक्त शेयरहरु हस्तान्तरण गर्ने प्रतिबद्धता पुनः दोहोराउन चाहन्छौं।

१५. लगानीकर्ताबाट संकलित रकम दुरुपयोग नहोस् भन्ने तर्फ सगुन व्यवस्थापन अत्यन्त सजग छ। कोभिड-१९ बाट उत्पन्न परिस्थितिका कारण हामीले अनावश्यक खर्च कटौती गरेका छौं । यसै सिलसिलामा भारतको फरिदाबाद शहरमा नया अफिस लिएर काम गरिरहेका छौं भने हाम्रा अधिकांश कर्मचारीहरु घरैबाट काम गर्नु हुन्छ । त्यस्तै भारतको प्रतिष्ठित हिन्दुस्तान टाइम्स कम्पनी हाम्रो ‘स्ट्राटेजिक पार्टनर’ हो र हामL सो कम्पनीसंग अहिले पनि सम्पर्कमै छौं । त्यसैले हिन्दुस्तान टाइम्सको सिंगापुरस्थित सब्सिडीयरी कम्पनी ‘एचटी ओभरसिज पिटिई एलटिडी’ सम्पर्कविहीन छ भन्ने समाचार सही होइन।

१६ . सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकास गर्ने बारेमा आइआइटी दिल्लीका प्राध्यापकहरुसंग मिलेर हामीले अनुसन्धान गरेको हो। सम्बन्धित प्राध्यापकहरुले सम्भव भएको भनेपछि त्यसमा काम अगाडी बढाइएको हो, तर त्यसका लागि धेरै खर्च लाग्ने देखेर हामीले उक्त परियोजनालाई हाल स्थगित गरेका हौँ। उक्त परियोजनालाई आवश्यक पर्ने रकम हुनासाथ अनुसन्धानको कामलाई अगाडि बढाउने छौँ ।

१७. एउटा स्टार्टअप कम्पनी भए पनि सगुनले संसारकै सबैभन्दा कडा मानिने अमेरिकी लेखा तथा अन्य कानुनी प्रावधानहरुको पूर्ण पालना गर्दै आएको छ । हाम्रा लगानीकर्ताहरुको एक, एक डलर लगानीप्रति हामी पूर्णरुपमा जवाफदेही छौं। हाम्रो कम्पनीको साथै आदरणीय लगानीकर्ताहरुको शेयरको मूल्य पनि आकर्षक रुपमा वृद्धि होस् भनेर हामी रातदिन खटीरहेका छौं। त्यसैले चार हजार भन्दा बढी अधिकांश नेपाली मूलका लगानीकर्ताहरुमा अनावश्यक भ्रम उत्पन्न हुने गरि कुनै पनि समाचार प्रकाशन नगरिदिनु हुन हामी सबै संचारमाध्यमहरुलाई आग्रह गर्दछौं। र, सगुन सम्बन्धी कुनै पनि तथ्यपरक समाचार प्रकाशन गर्नु पूर्व सगुनलाई सम्पर्क गरेर मात्रै प्रकाशन गरिदिनु हुन पनि हामी अनुरोध गर्दछौं । संचारमाध्यम तथा हाम्रा लगानीकर्ताहरुको कुनै पनि जिज्ञासाको जवाफ दिन सगुन जहिले पनि तत्पर छ।
सगुनका बारेमा जानकारीका लागि सम्पर्कः [email protected] / [email protected]

धन्यवाद

कविन्द्र सिटौला
सहसंस्थापक
18 September, 2020
www.sagoon.com

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ४२ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार