बुटवल । नेकपा एमालेले बुटवल उपमहानगर कमिटी अन्तरर्गत रहेका १९ वटा वडा कमिटी र हाटबजार क्षेत्रमा कार्तिक २२ गते भेलाको तयारी गरेको छ ।
एमाले केन्द्रीय कमिटीको सर्कुलर र उपमहानगर कमिटीको निर्णयअनुसार एकैपटक एकै समयमा सबै वडामा यस्तो कार्यक्रम तय गरिएको उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए ।
पार्टी केन्द्रले संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेर अहिलेको सरकार बनाइएकाले संसद पुनःस्थापनाबाट मात्रै अहिलेको समस्याको समाधान हुने, देशैभर एमालेका कार्यालय तथा नेताहरुका घर छानी छानी जलाउने, तोडफोड गर्ने र सरकारी संरचनामा आगो लगाउनेहरुविरुद्ध कारबाहीको माग गर्ने र यो अवस्थामा भइरहेको चलखेलका विषयमा पार्टीका धारणा सार्वजनिक गर्न देशैभर भेला, जनप्रदर्शन गर्न सर्कुलर गरेको छ ।
तयसैलाई आधार मानेर बुटवलमा भेलाको तयारी भइरहेको अध्यक्ष पोखरेलले जनाए । उनका अनुसार यो क्षेत्रमा रहेका केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी तथा विभागमा रहेका पदाधिकारी तथा सदस्यहरुले ती भेलामा सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको छ ।
पहिले वडा भेला सकेर जिल्ला तथा प्रदेश र अन्तिममा काठमाडौंमा प्रदर्शन तयारीका लागि एमालेले सबै कमिटीलाई सर्कुलर गरेको छ । अहिले सबै नेताहरु आफ्नो आफ्नो क्षेत्रमा यसका लागि खटिएका छन् ।


















प्रतिक्रिया