काठमाडौं । दुई नेपाली चलचित्र ‘जारी-२’ र ‘मन बिनाको धन’ आज शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएका छन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी-२’ मा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् । साथै, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा र सिर्जना निङलेखु लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
बिहीबार काठमाडौंमा गरिएको प्रिमियरमा ‘जारी-२’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । समीक्षक र दर्शकहरूले यस चलचित्रमा संस्कृति, प्रेम र तत्कालीन माओवादी द्वन्द्वपछिको समाजको जीवन्त चित्रण देखिएको बताएका छन् ।
त्यस्तै, टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ पनि आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा अशोक दर्जी मुख्य भूमिकामा छन् । साथै, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा र रवीन्द्र झालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
‘मन बिनाको धन’को कथा टंक बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन् ।


















प्रतिक्रिया