१ आश्विन २०८३, बिहिबार | September 17, 2026

ढोरपाटनमा पिकअप जिप दुर्घटना, एकजनाको मृत्यु र दुई घाइते



ढोरपाटन । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् । शुक्रबार राति करिब १० बजे बुर्तिवाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप जिप ढोरपाटन नगरपालिका-८ र ९ को सिमानास्थित च्वावीरमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका-७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

घाइते हुनेमा ढोरपाटन नगरपालिका-९ का २७ वर्षीय चालक दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै रहेका छन् । घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र वसन्त अदै घर फर्किएको प्रहरीले जनाएको छ ।

मानन्धरका अनुसार, पिकअप जिप सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो । “राति दुर्घटना भए पनि तत्काल जानकारी पाएर उद्धार कार्य सुरु गर्‍यौं,” उनले भने, “घटनास्थलमै एकजनाको मृत्यु भयो, अन्य घाइतेहरूको अवस्था स्थिर छ ।”

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १ : ३७ बजे

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु