ढोरपाटन । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् । शुक्रबार राति करिब १० बजे बुर्तिवाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप जिप ढोरपाटन नगरपालिका-८ र ९ को सिमानास्थित च्वावीरमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा ढोरपाटन नगरपालिका-७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
घाइते हुनेमा ढोरपाटन नगरपालिका-९ का २७ वर्षीय चालक दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै रहेका छन् । घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र वसन्त अदै घर फर्किएको प्रहरीले जनाएको छ ।
मानन्धरका अनुसार, पिकअप जिप सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो । “राति दुर्घटना भए पनि तत्काल जानकारी पाएर उद्धार कार्य सुरु गर्यौं,” उनले भने, “घटनास्थलमै एकजनाको मृत्यु भयो, अन्य घाइतेहरूको अवस्था स्थिर छ ।”



















प्रतिक्रिया